10 June, 2019

ललितपुरस्थित अनल ज्योति स्कुलको प्राङ्गणमा रोबिटिक्स प्रदर्शनी बैशाख २४ गते सम्पन्न भएको छ । प्रदर्शनी ललितपुर महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष सुरेश महर्जनले उद्घाटन गर्नु भएको थियो । यो आजको आवश्यक हो, स्कुलबाट इलेक्ट्रोनिक इन्जिनियर उत्पादन हुन सक्छ जस्तो देखिन्छ । यस्तो सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरुले नै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभयो । रोबिटिक्स प्रदर्शनीमा ७५ वटा प्रोजेक्ट रहेको कुरा अनल ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल निरोज महर्जनले बताउनुभयो । उहाँ अगाडि भन्नुहुन्छ, हामीले फटानी भन्ने इन्जिनियरहरुको गु्रपलाई ल्याएर यो टेक्नोलोजी सिकाएका हौं । प्रत्येक दिन ४० मिनेटको एउटा कक्षा हामीले विज्ञान र प्रविधिलाई छुट्याएका छौं । यो प्रत्येक विद्यार्थीहरुको लागि अनिवार्य गरिएको छ । यस प्रदर्शनीमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की, ललितपुर जिल्लामा अवस्थित रहेका विभिन्न विद्यालयका प्रिन्सिपलहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । विदेशबाट झिकाइएको रोबर्ट सोफियाले निकै चर्चा पाएको थियो । यसकै बच्चा नाम दिइएको रोबर्ट पनि प्रदर्शनमा राखिएको थियो । सबै जना सो रोबर्टबाट धेरै आकर्षित भएका थिए । अनल ज्योति स्कुलले २० दिनको लामो मिहिनेत गरेर रोबर्ट बनाउन सफल भएको हो ।

ANNAL NOTICE BOARD

Achievements

We are proud that different foundations, organizations are recongnizing us and have the awards for it.

the-duke-of-edinburgh-s-international-award
little-icon-2020
drawing-competition
internation-school-award-2012-2015
internation-school-award-2015-2018
geist-internation-foundation
global-school-program
conneting-classrooms